काठमाडौँ । बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का अध्यक्ष तारिक रहमान सर्वसम्मतिले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । मंगलबार दिउँसो राष्ट्रिय संसद भवनमा बसेको नवनिर्वाचित बीएनपी सांसदहरूको बैठकमा यो निर्णय गरिएको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले यो क्षणलाई ऐतिहासिक बताए । उनले लामो समयको दमन, लोकतान्त्रिक संस्थाहरूको कमजोरी र संसदको प्रभावहीनता पछि, पार्टी निष्पक्ष चुनाव मार्फत संसदमा फर्किएको बताए । उनले यस संसदमा बहुमतका साथ, युवा नेता तारिक रहमानलाई संसदीय दलको नेतामा निर्वाचित गरेको बताए ।
२०९ सिट र गठबन्धनसहित २१२ सिट जितेको बीएनपीले आज सरकार गठन गर्दै छ । आजै रहमानले प्रधानमन्त्रीको शपथ लिदैछन् । शपथ समारोहमा देश र विदेशका गरि १२ सय भन्दा बढी सहभागी हुने बताइएको छ ।
FACEBOOK COMMENTS