काठमाडौँ, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रूपमा सञ्चालन गरेको ‘नगरकोट भ्रमण वर्ष’ का अवसरमा नगरकोट अवलोकनमा आएका पर्यटक ।
आजदेखि नयाँ वर्ष वि.स. २०८२ सुरु भएको छ । यस अवसरमा विविध कार्यक्रमहरू गरिएको छ । साथै, नयाँ वर्ष आगमनको अवसरमा थुप्रै नेपालीहरू धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्दै रमाएका छन् ।
हेरौँ नयाँ वर्षको हर्षोल्लासका कहेी तस्बिरहरू :राष्ट्रपति रामचन्द्र पौडेल नयाँ वर्षकाे शुभारम्भसँगै नगरकोटमा आयोजित ‘नगरकोट भ्रमण वर्ष’ काे उद्घाटन गर्दै ।राष्ट्रपति रामचन्द्र पौडेल नगरकोटमा आयोजित ‘नगरकोट भ्रमण वर्ष’ शुभारम्भ समारोहमा सहभागी हुँदै ।काठमाडौँ, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रूपमा सञ्चालन गरेको ‘नगरकोट भ्रमण वर्ष’ का अवसरमा नगरकोट अवलोकनमा आएका पर्यटक ।काठमाडौँकाे टोखा नगरपालिका-२ स्थित धार्मिकस्थल सपनतीर्थ मन्दिरमा नयाँ वर्षका दिन पूजाअर्चना गर्न आएका भक्तजन । यस मन्दिरमा हरेक वर्ष वैशाख १ गते मेला लाग्ने गर्छ ।काठमाडौँकाे टोखा नगरपालिका-२ स्थित धार्मिकस्थल सपनतीर्थ मन्दिरमा नयाँ वर्षका दिन पूजाअर्चना गर्न आएका भक्तजन । यस मन्दिरमा हरेक वर्ष वैशाख १ गते मेला लाग्ने गर्छ ।नयाँ वर्षको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा रहेको फनपार्कमा घुमफिर तथा मनोरञ्जन गर्दै सर्वसाधारण ।नयाँ वर्षको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा रहेको फनपार्कमा घुमफिर तथा मनोरञ्जन गर्दै सर्वसाधारण ।इलामको पर्यटकीयस्थल कन्याममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा नेपालका लागि विभिन्न देशका राजदूतहरू । परराष्ट्र मन्त्रालयद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित ‘रिट्रिट’ कार्य्रकममा परराष्ट्रमन्त्री डा राणासहित नेपालस्थित विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरू कन्याम पुगेका हुन् ।नयाँ वर्ष २०८२ को अवसरमा जनकपुरधामको जानकी मन्दिरमा पूजाअर्चना गर्न लामबद्ध भक्तजन ।हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा नयाँ वर्षको अवसरमा श्रद्धालु भक्तजनको घुइँचो ।हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा नयाँ वर्षको अवसरमा पूजाअर्चनाका लागि जाने क्रममा सिँढी चढ्दै भक्तजन ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१, मुक्तिनाथ बजार नजिकै रहेको बसपार्कमा नयाँ वर्षका अवसरमा आज मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका भक्तजनको पार्किङ गरी राखिएको सवारी साधन ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१, मुक्तिनाथ बजार नजिकै रहेको बसपार्कमा नयाँ वर्षका अवसरमा आज मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका भक्तजनको पार्किङ गरी राखिएको सवारी साधन ।नयाँ वर्ष २०८२ को पहिलो दिन सोमबार पोखराको प्रसिद्ध धार्मिकस्थल विन्धयवासिनी मन्दिरमा पूजाअर्चनाका लागि पुगेका भक्तजनहरू ।नयाँ वर्षको अवसरमा शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र अवलोकन गर्न आएका आन्तरिक पर्यटक ।नयाँ वर्षको अवसरमा शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र अवलोकन गर्न आएका आन्तरिक पर्यटक ।नयाँवर्ष २०८२ को अवसरमा सोमबार वीरगञ्जको गहवामाई मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन ।नयाँ वर्षको पहिलो दिन सोमबार अछामको मङ्गलसेन नगरपालिका-६, ठूलासैनमा देवर-भाउजू एकापसमा सिस्नो छुवाउँदै । सुदूरपश्चिमको साँस्कृतिक पर्व बिसुमा देवर-भाउजू, नन्द-भाउजु र साली-भिनाजुले एक आपसमा सिस्नु छुवाउने प्रचलन रहेको छ । सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने धार्मिक मान्यता छ ।दाङको घोराही उपमहानगरपालिका-१८ स्थित अम्बिकेश्वरी मन्दिरमा सोमबार नयाँ वर्षका दिन पूजाअर्चना गर्न पुगेका भक्तजनको घुइँचो ।नयाँ वर्षको पहिलो दिन सोमबार सर्लाहीको बागमती नगरपालिकास्थित निर्माणाधीन बागमती माछापोखरी (भरत ताल) परिसरमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो । नगरपालिकाले निर्माण गरेको यस ताल क्षेत्र मधेस प्रदेशसँगै भारतको विहार राज्यमा समेत पर्यटकीय स्थलको रूपमा लोकप्रिय बन्दै गएको छ ।नयाँ वर्षको पहिलो दिन सोमबार सर्लाहीको बागमती नगरपालिकास्थित निर्माणाधीन बागमती माछापोखरी (भरत ताल) परिसरमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक मोटरबोटमा सयर गर्दै । पर्यटकको मनोरञ्जनको लागि ताल परिसरमा जेडस्की, स्काई साइकलिङ, जीपलाइन निर्माण गरिएको छ ।
FACEBOOK COMMENTS