काठमाडौँ । दक्षिण अफ्रीकाले न्यूजील्याण्डविरुद्धको टी–२० सिरिजमा कमब्याक गर्दै बराबरी गरेको छ ।
आइतबार वेलिंगटनमा सम्पन्न सिरिजको चौथो खेलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई १९ रनले पराजित गर्दै सिरिज २–२ को बराबरी गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १८.५ ओभरमा अल आउट हुदै १४५ रन मात्र बनाएको थियो ।
यसअघि पहिला टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
यो जितपछि सिरिज २–२ को बराबर भएको छ र अब सिरिजको अन्तिम खेल बुधबार हुने छ ।

FACEBOOK COMMENTS