काठमाडौं । एनआईसी एशिया बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
बैंकले ५ अर्ब बराबरको प्रतिऋणपत्र एक हजार अंकिते ५० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हाे ।
बैंकले चैत २५ गतेदेखि १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गर्न लागेको छ।
तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता अर्थात ६० प्रतिशत ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता अर्थात ४० प्रतिशत सर्वसाधारणमा बाँडफाँड गरिनेछ । सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रमा छिटोमा चैत २८ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ।
FACEBOOK COMMENTS