काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका देशभरका आउटलेटहरूमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।
दुई पक्षबीच भएको सम्झौताअनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीअन्तर्गत सञ्चालित देशभरका होटेल तथा रेष्टुरेन्टहरूमा २० प्रतिशतसम्मको विशेष छुट पाउनेछन् ।
बैंकका ग्राहकहरूले खाद्य तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा (एकोमोडेशन) मा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा सिद्धार्थ हस्पिटालिटीका मुलुकभर फैलिएका २२ वटा आउटलेटहरूमा उक्त सुविधा प्रयोग गर्न सक्नेछन् ।
छुट लागू हुने सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरू–
१. सिद्धार्थ होटेल न्यू आनन्द, महेन्द्रनगर
२. सिद्धार्थ होटेल, टीकापुर, कैलाली
३. सिद्धार्थ विलासा, भैरहवा
४. होटेल सिद्धार्थ, नेपालगञ्ज
५. सिद्धार्थ कटेज, बुटवल
६. सिद्धार्थ होटेल वाटर टावर, नुवाकोट
७. सिद्धार्थ होटेल ग्राण्ड सिटी, बिर्तामोड
८. सिद्धार्थ बुटिक होटेल, बौद्ध, काठमाडौं
९. सिद्धार्थ सनी रिसोर्ट, सुर्खेत
१०. सिद्धार्थ रिसोर्ट, चिसापानी, कैलाली
११. सिद्धार्थ होटेल, नारायणघाट
१२.सिद्धार्थ वाइल्डलाइफ रिट्रिट, मेघौली
१३. सिद्धार्थ विलासा बन्दास, सौराहा
१४. सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङटार
१५. सिद्धार्थ कटेज रेष्टुरेन्ट, नेपालगञ्ज
१६. सिद्धार्थ कटेज रेष्टुरेन्ट, धोबीघाट
१७. सिद्धार्थ फूडल्याण्ड, पुरानो बानेश्वर
१८. सिद्धार्थ कटेज रेष्टुरेन्ट, तीनकुने
१९. सिद्धार्थ कटेज, योगिकुट्टी, बुटवल
२०. एस क्याफे, नेपालगञ्ज
२१. एस क्याफे, सुविधानगर, तीनकुने, काठमाडौं
२२. एस क्याफे, लगनखेल, ललितपुर
FACEBOOK COMMENTS