काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र पानीपोखरी, काठमाडौंस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र सेन्टरको तर्फबाट चिफ अपरेटिङ अफिसर धन्धोज मल्ल ठकुरीले हस्ताक्षर गरे ।
यस समझदारी अनुसार ग्राहक महानुभावहरुले उक्त सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा सेवा लिँदा विभिन्न सेवाहरुमा २५ प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्ने छन् ।
ग्राहकहरूले ट्वेन्टी फाइभ ओ–एच भिटामिन डि, बिलिरुबिन टोटल एण्ड डाइरेक्ट, ब्लड कल्चर एण्ड सेन्सिटिभिटी–ब्याक्टेक, क्याल्सियम, क्रिएटिनिन, ग्लुकोज फास्टिङ, आइरन प्रोफाइल, लिपिड प्रोफाइल, लिभर फङ्सन टेस्ट (एल.एफ.टि.) जस्ता झन्डै तीन दर्जन सेवाहरुमा २५ प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्ने छन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्ने छन् ।

उक्त सेन्टरसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई उल्लेखित बमोजिमको ल्याब टेस्ट रिपोर्टमा लाग्ने शुल्कहरुमा छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।