काठमाडौं । एनआईसी एसिया लघुवित्तले आथिर्क वर्ष २०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
कोशी, मधेस, बागमती र गण्डकी गरी चार प्रदेशलाई समेटेर गरिएको कार्यक्रम यही जेठ १३ देखि १६ गतेसम्म होटेल विनायक र होटेल पावन मिथिला बर्दिबास, महोत्तरीमा सञ्चालन भएको थियो ।
कार्यक्रममा कर्पोरेट कार्यालय, प्रदेश कार्यालय, शाखा कार्यालयसमेतका गरी १६९ जना कर्मचारीको सहभागिता थियो ।
कार्यक्रममा संस्थाका स्वतन्त्र सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेशबहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरेलगायतले चालु आर्थिक वर्षको समीक्ष गर्दै आगामी आर्थिक वर्षमा संस्थाले गर्ने कामका सन्दर्भमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा कर्मचारीको वृत्ति विकास, शाखा सञ्चालन, राष्ट्र बैङ्कबाट जारी निर्देशन र सोको कार्यान्वयन, आगामी आर्थिक वर्षका लक्ष्य तथा बजेटलगायतका विषयमा गहन छलफल चलेको थियो । साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्पोरेट सेल्स विभागका कर्मचारीद्वय सरु घिमिरे र बिकेश बज्राचार्यले बीमा दाबीसम्बन्धी जानकारी प्रदान गरेका थिए ।
FACEBOOK COMMENTS