काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) मा आकर्षक छुट पाउने भएका छन् ।
उक्त छुट सुविधा उपलब्ध गराउन बैंकले डेन्टलसँग समझदारी गरेको छ । समझदारीसँगै बैंकका ग्राहकहरूले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरूमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकका ग्राहकहरूले जनरल हस्पिटल सेवाहरू ल्याब टेस्ट, बेड चार्ज, आईसीयू र पोस्ट अप बेड चार्जलगायत सेवामा १५ प्रतिशत छुट पाउने बताइएको छ । यस्तै, फिजिओथेरापी तथा आइग्लास र जनरल डेन्टल सेवाहरू डेन्टल फिलिङ, डेन्टल स्केलिङ, आरसीटी एण्ड एक्स्ट्राक्सन ईटीसीमा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा डेन्टल इम्प्लान्ट्स, भेनिर ब्रेसिस अलिग्नर डर्माटोलोजी सेवामा सात प्रतिशत छुट उपभोग गर्न पाउनेछन् ।
काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर/कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्यूरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नुहुनेछ भने कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने बताइएको छ ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । कान्तिपुर डेन्टलसँगको यस सहकार्यले ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको बैंकका प्रमुख सूचना अधिकारी सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन खनियाँले जानकारी दिए ।
FACEBOOK COMMENTS