काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना सुरू भएको छ ।
यसैबीच भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री साहले नेपालको संसदको रोष्ट्रमबाट त्यस्तो अभिव्यक्ति दिनु गम्भीर विषय भएको बताएका छन् । नेपाल–भारतबीच सीमा विवाद रहे पनि नेपालले भारतको भूमि कतै नमिचेको उनको भनाइ छ ।
‘नेपाल–भारतबीचको सीमा विवाद छ, तर प्रधानमन्त्रीले त्यसो भन्न मिल्दैन,’ उनले भने, ‘सीमासम्बन्धी ९७ प्रतिशत विवाद टुङ्गोमा पुगिसकेको छ । अब कालापानी–लिपुलेक–कालापानी र सुस्तामा मात्रै समस्या बाँकी छ ।’
प्रधानमन्त्रीको गम्भीर दाबी– नेपालले पनि भारतको जग्गा मिचेको रहेछ
