काठमाडौं । नेपाल पत्रकार महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । अध्यक्षकी उम्मेदवार निर्मला शर्माको जित सुनिश्चित भएको हो ।
६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलो पटक हो । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् ।
मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मतगणना सकिँदा उनले निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन् । मधेसमा ७७२ मत खसेको छ जुन शर्माले लिएको अग्रताभन्दा कम हो ।
मतगणनाको पछिल्लो परिणामअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टको पक्षमा २ हजार ८ सय २९ मत देखिएको छ ।
केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा पनि अधिकांश शर्मा प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।
कोषाध्यक्षमा भने रामकृष्ण अधिकारी जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् ।
महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिएलगत्तै मतगणना सुरू भएको थियो ।
FACEBOOK COMMENTS