काठमाडौं । एनएमबी बैंकको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ९१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनानमा २०.०४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशतले घटेर २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ रहेको छ । बैंकले ३ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २३.४७ प्रतिशतले धेरै हो ।
बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ छ। बैंकले असोज मसान्तसम्ममा २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। बैंकको नाफासँगै प्रतिसेयर आम्दानी घटेको छ । यस्तो आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसा छ । बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा रहेको छ ।

FACEBOOK COMMENTS