विराटनगर । विराटनगर विमानस्थल तीन दिनपछि आज (शनिबार)देखि सञ्चालनमा आउने भएको छ ।
विमानस्थलको धावनमार्गमा बाढी पसेरका कारण कात्तिक ३ गतेदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
शनिबारबाट सञ्चालनमा आउन लागेपनि तत्काल रात्रिकालीन उडान भने हुनेछैन । प्राधिकरणले दिउँसो मात्रै अनुकूल मौसम हेरेर उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुने बताइएको छ ।
FACEBOOK COMMENTS