काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर १ मा मनाइने विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा नि:शुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
हस्पिटलले ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म (असोज १४ देखि १६) ६५ वर्ष वा त्यसभन्दा माथिका ज्येष्ठ नागरिकका लागि नि:शुल्क ओपीडी सञ्चालन गर्न लागेको हो ।
साथै उक्त अवसरमा परीक्षणमा १० प्रतिशत छुट पनि उपलब्ध गराइने हस्पिटलले जनाएको छ । नि:शुल्क ओपीडी बिहान ८ देखि ११ बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
उमेर बढेसँगै विभिन्न स्वास्थ्य समस्याको जोखिम रहने भएकाले ज्येष्ठ नागरिकले समय–समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने कन्सल्टेन्ट जेरियाट्रिक केयर फिजिसियन डा. विन्दु पाण्डेले बताइन् ।
नि:शुल्क ओपीडी सेवा लिन ०१–५९७००३२ र ९८०२१७००३२ मा सम्पर्क गर्न हस्पिटलले आग्रह गरेको छ । हस्पिटलले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको विशेष स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै जेरियाट्रिक केयर सेवा पनि सञ्चालन गर्दै आएको छ ।