काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आज गभर्नर डा. विश्वनाथ पौडेललाई सुझाव प्रतिवेदन बुझाएको छ ।
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल बनेको थियो ।
कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहेका थिए ।
बैंकबाट गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष असार २४ गते नै प्रारम्भिक प्रतिवेदन
बुझाएको थियो । आज भने अन्तिम प्रतिवेदन बुझाएको हो ।
FACEBOOK COMMENTS