काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणको आन्तरिक कलहले मोबाइल ब्यवसायीहरु मर्कामा परेका छन् ।
प्राधिकारणका सहायक निर्देशक रन्जिता पौडेल नेतृत्वको कर्मचारी युनियनले आफ्ना माग पूरा गर्न दबाब दिने नाममा दुई सातादेखि काम ठप्प पारेको हुन् । प्राधिकरणका कर्मचारीहरुले ‘पेन डाउन’ भन्दै कुनै पनि कामकारवाही गरेका छैनन् । जसलेगर्दा विभिन्न कम्पनीका मोबाइल ब्यवसाय गर्ने व्यवसायीहरुले मोबाइल आयात गर्नका लागि ‘टाइप–अप्रुभल’ पाउन नसकेका हुन्।
एक मोबाइल ब्यवसायीले कर्पोरेट खबरको सँगकाे कुराकानीमा दुई सातादेखि मोबाइल आयातको अनुमति नपाउँदा ब्यवसाय नै डुब्ने खतरामा पुगेको बताइन् उनले भनिन्,‘ दुईपटक धाइसकेयौं तर, अनुमति पाइन, पेन डाउन छ भनेर फर्काउने गर्नुहुन्छ यो तरिका त भएन नि ।’ काम ठप्प पार्ने अगुवाइ गर्ने युनियनकी अध्यक्ष पौडेल ग्रामीण दूरसञ्चार विकास शाखाकी सहायक निर्देशक हुन्। भन्सारबाट नछुट्दा सबै कम्पनीले नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा लन्च गर्न नपाकएका गुनासो गरेका हुन् ।
प्राधिकारणका प्रवक्ता सन्तोष पौडेलले आफूलाई यो कुरा केही थाहा नभएको बताए । कर्पोरेट खबरसँग उनले अहिले अफिस समय सकिएको भन्दै यो विषयमा बुझेर मात्र खबर गर्ने उनको भनाई छ । उनले भने,‘ योकुरा मलाई केही थाहा छैन, आवश्यक बुझेर खबर गर्छु ।’
FACEBOOK COMMENTS