काठमाडौं । नेपाल आयल निगमले डिजेलको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँका दरले घटाएको हो ।
अब काठमाडौँमा डिजेलको भाउ प्रतिलिटर १४९ रुपैयाँ कायम हुने छ । नयाँ मूल्य मंगलबारदेखि लागू हुनेछ ।
यस्तै नियमले हवाई इन्धनको मूल्य घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिकिलोलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटाएको हो ।
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ ।
FACEBOOK COMMENTS