काठमाडौ । माओवादीसँग एकता गर्ने विषयमा तीन खेमामा विभाजन भएको नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका थिए ।
मंगलबार राती ९ बजे खनाल एक्लै गुण्डु गएका थिए । दुई नेताबीच करिब एक घण्टा छलफल भएको गुण्डु स्रोतले जानकारी दिएको छ । तीन दिन अघि नै दुई नेताबीच भेटघाट तय भए पनि अध्यक्ष ओलीको व्यवस्तताका समय सारिएको थियो ।
गएराती खनाल अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेका थिए । दुई नेताबीचको भेटघाट सकारात्मक भएको एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले जानकारी दिए ।
अध्यक्ष ओली र खनालको भेटलाई एमालेका पहिलो पुस्ताका नेताबीचको सम्बन्ध सुधारको रुपमा हेरिएको बस्नेतले जनाए ।
बस्नेतका अनुसार एमालेमा फर्किंदा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद के हुन्छ भन्ने विषयमा हाल कानुनी परामर्श भइरहेको छ । पदमा बहाल रहेकै अवस्थामा कोही जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्यागेर नयाँ दलमा प्रवेश गरेमा पद गुम्ने कानुनी व्यवस्था छ । त्यसलाई सहजिकरण गर्न पूर्वन्याधिवक्ता रमेश बडाल सहितको टिमले काम गरिरहेको एमाले स्रोतले जानकारी दिएको छ ।

समाजवादी पार्टीलाई माओवादीमा मिसाउने माधव नेपाल समुहको निर्णयको अवज्ञा गर्दै सो पार्टीका सचिव रामकुमारी झाँक्री सहितको समुहले आज पत्रकार सम्मेलन गर्दैछन् । नेताहरु किसान श्रेष्ठ,अम्बर बहादुर थापा,गम्भिरलाल श्रेष्ठ,पिताम्बर तिम्सिना अर्जुन राई लगायतका करिब १०० जना नेताहरुले एमालेमा फर्किने घोषणा गर्दैछन् । पत्रकार सम्मेलन अहिले बिहान १० बजे होटल बसेरामा आयोजना गरिएको छ ।

FACEBOOK COMMENTS