काठमाडाैं । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज चैत ३ गते अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सीडीएस एन्ड क्लियरिङका अनुसार यस कम्पनीको आइपीओमा शुक्रबार साँझ ५ः०७ बजेसम्ममा १६ लाख १८ हजार ९७८ जना सर्वसाधारण आवेदकहरुले १ करोड ९६ लाखभन्दा बढी कित्ताका लागि आवेदन दिइसकेका छन् ।
ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणको लागि आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।
जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ ।
आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS