काठमाडौँ । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले संवैधानिक परिषदसहित ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
प्रतिपक्षी दलहरूले स्थगन गरिएको संघीय संसदको दुवै सदनको अधिवेशन अविलम्ब आह्वान गर्न पनि आग्रह गरेका छन्। 