काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तानसँगको युद्धविराम लामो समयसम्म रहने विश्वास नगर्ने बताएका छन् ।
रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तान हाल भारतको लागि छद्म युद्ध लडिरहेको आरोप पनि लगाए ।
काबुलमा पाकिस्तानको कथित हवाई हमलाको बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘म यसको बारेमा धेरै कुरा गर्दिनँ, तर हामीसँग अफगानिस्तानको कुनै पनि भागमा बम विस्फोट गर्ने क्षमता छ । यदि तिनीहरूले यो युद्ध बढाए भने हामी पूर्ण शक्तिका साथ जवाफ दिनेछौं ।’
केही दिन सीमामा भएको तनावपछि पाकिस्तान र अफगान तालिबान दुवैले बुधबार ४८ घण्टाको युद्धविरामको घोषणा गरेका थिए ।
पाकिस्तानले अफगान तालिबानको अनुरोधमा युद्धविराम लागू गरिएको बताए पनि अफगान तालिबानका प्रवक्ताले पाकिस्तानको अनुरोधमा युद्धविराम लागू गरिएको बताएका थिए ।
FACEBOOK COMMENTS