काठमाडौं । आज सङ्घीय संसदका चार समितिको बैठक बस्दै छन् ।
आज प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रियसभाअन्तर्गतका सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्दै छन् । त्यस्तै, आज संसदीय सुनुवाइ समिति (संयुक्त) को पनि बैठक बस्दै छ ।
बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ ।
त्यस्तै, बिहान साढे ११ बजेदेखि सुरू हुने राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आव २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालीगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यसैगरी, बिहान ९ बजेदेखि सुरू हुने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।
त्यस्तै, बिहान ११ बजेदेखि बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
FACEBOOK COMMENTS