काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ।
हलको अधिकांश संरचनागत काम सकिए पनि माइक तथा साउन्ड प्रणाली जडानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ। यद्यपि, निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भन्ने निश्चित मिति भने तय भएको छैन।
पटक–पटक म्याद थपिए पनि काममा ढिलाइ भएपछि सभामुख डीपी अर्याल ले असार १ गते निर्माणाधीन संसद् हलको निरीक्षण गरेका थिए।
संसद् सचिवालयका कर्मचारीहरूसहित निरीक्षणमा पुगेका उनले निर्माण सम्पन्न हुने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए।
साथै, समयमै काम सम्पन्न नभए दैनिक एक करोड रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी पनि दिएका थिए।


