काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा उनले यस्तो बताएका हुन् । लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्ने उनले उल्लेख गरे । वर्तमान विश्वबजार कुनै पनि लगानीकर्ताका निम्ति खुला रहेको हुँदा शान्ति सुरक्षाको विषयलाई यो वा त्यो नभनी संवेदनशील रूपमा लिइनुपर्नेमा उनले जोड दिए ।
मुलुकको समग्र आर्थिक विकासका निम्ति सुशासन र सुरक्षा, सार्वजनिक क्षेत्रमा पारदर्शितासँगै स्थिरता हुनुपर्ने उनले माग गरे । ‘जेनजी’ले उठाएका विषयको कार्यान्वयनले तीव्रता पाउँछ भन्ने अपेक्षा गरेको उनले बताए । अध्यक्ष पाण्डेले समयमै लगानीकर्ताको मनोबल बढाउन उचित कदम चाल्न आग्रह गरे । आन्दोलनको बहानामा निजी सम्पत्तिमाथि आक्रमण र आगजनी गर्नेलाई कारबाही गर्न पनि उनले माग गरे ।
FACEBOOK COMMENTS