काठमाडाैं । नेपाल आयल निगमले तिहार र छठको बिदामा देशका कुनै पनि पेट्रोल पम्पहरु बन्द नहुने जनाएको छ । पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नहोस् भनेर निगमले तिहार र छठको बिदामा आफ्ना १३ वटै डिपोहरू पनि खुला राख्ने भएको छ ।
निगमले जारी गरेको सूचनामा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको जनाइएको छ । तिहार र छठको बिदामा सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोल पम्पहरू खुला राख्न निर्देशन दिइएको निगमले जनाएको छ ।
निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगंज डिपो कार्तिक ७, ८ र ११ गते खुला हुनेछन् ।
वागमती प्रदेशको थानकोट र गण्डकी प्रदेशको पोखरा डिपो कार्तिक ८, र १२ गते खुला हुनेछ । लुम्बिनीको भैरहवा र कर्णालीको सुर्खेतमा पनि कार्तिक ८ र ११ गते डिपो खुला हुने रहने छ ।
सुदूरपश्चिम प्रदेशको धनगढी र शाखा चारआलीमा कातिर्थक ७ र ११ गते डिपो खुला हुनेछ्न् । नेपालगञ्जज, वीरगञ्ज, धनुषा, दाङ र दिपायलमा पनि कार्तिक ७ र १३ गते डिपोहरु खुला रहनेछन्।
FACEBOOK COMMENTS