निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको हो ।
निगमका अनुसार बुधबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ ।
त्यस्तै आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।
आजको मूल्य समायोजन पश्चात् पनि १५ दिनमा करीब १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुने स्थिति देखिएको निगमले बताएको छ ।
निगमका अनुसार अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा ६ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा निगमलाई घाटा छ ।
निगमलाई हवाई इन्धन आन्तरिकतर्फ भने प्रतिलिटर ९ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको छ ।
FACEBOOK COMMENTS