काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठक पक्राउ परेका छन् ।
पूर्वराजा शाहको सचिवालयले संविधानविपरीतका गतिविधि गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए ।
‘पूर्वराजा शाहको सचिवालयमार्फत श्री ५ महाराजधिराज जस्ता शब्दहरू प्रयोग भएका छन्, जुन नेपालको संविधानविपरीत हो । त्यसैले उहाँ (पाठक) लाई यसबारेमा के कसो हो सोधपुछका लागि नियन्त्रणमा लिएका हौं,’ एसपी बोहराले कर्पोरेट खबरसँग भने ।
पूर्वराजा शाहका नाममा उनको सचिवालयले जारी गर्ने गरेका लिखित सूचना, जानकारी तथा सन्देशहरूमा श्री ५ महाराजधिराज शब्द प्रयोग हुँदै आएका छन् ।
याे पनि पढ्नुहाेस् :
Exclusive : पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठक पक्राउ
FACEBOOK COMMENTS