शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औँ बुद्धजयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्यमा आयोजित कार्यक्रममा पूजाअर्चना गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाइएको हो ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।
बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औँ बुद्धजयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्यमा आयोजित कार्यक्रममा पूजाअर्चना गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्पराअनुसार आज कार्यक्रमहरू गरिएका छन् ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । उनन्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्केका थिए
बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औँ बुद्धजयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्यमा आयोजित कार्यक्रममा पूजाअर्चना गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल ।बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औँ बुद्धजयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्यमा आयोजित कार्यक्रममा शान्तिको प्रतीक परेवा उडाउँदै राष्ट्रपति रामचन्द्र पौडेल ।बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औँ बुद्धजयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्यमा आयोजित कार्यक्रममा पूजाअर्चना गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल ।बौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औँ बुद्धजयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल ।प्रधानमन्त्री केपी शर्मा ओली सोमबार लुम्बिनीमा २५६९औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस-२०८२ मूल समारोह उद्घाटन गर्दै ।प्रथम राष्ट्रपति डा रामवरण यादव बुद्ध जयन्तीका अवसरमा काभ्रे सेवा समाजद्वारा सोमबार पनौतीमा आयोजित ‘पनौती–नमोबुद्ध शान्ति पदयात्रा’ को उद्घाटन गर्दै ।शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्तीको अवसरमा आज विश्व सम्पदामा सूचीकृत पर्यटकीय तथा धार्मिकस्थल बौद्ध स्तुपामा चहलपहल ।काठमाडौँको स्वयम्भूमा २५६९औँ बुद्धजयन्तीको दिन सोमबार स्वयम्भू महाचैत्य परिसरमा बत्ती बाल्दै भक्तजन ।२५६९औँ बुद्धजयन्तीका अवसरमा तनहुँको दमौलीमा सोमबार निकालिएको शोभायात्रामा सहभागी ।२५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस-२०८२ को अवसरमा सोमबार लुम्बिनीमा निकालिएको शोभायात्रामा थारू वेशभूषामा सजिएर आफ्नो संस्कृति प्रदर्शन गर्दै थारू समुदायका सहभागीहरू ।२५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस-२०८२ को अवसरमा सोमबार लुम्बिनीमा निकालिएको शोभायात्रामा सहभागीहरू ।काठमाडौँको स्वयम्भूमा २५६९औँ बुद्वजयन्तीको दिन सोमबार स्वयम्भू महाचैत्य दर्शन गर्न आएका भक्तजन ।सगरमाथा आधारशिविरबाट नाम्चेसम्म हुने ‘एभरेष्ट म्याराथन’को लागि लुम्बिनी ‘पिस टर्च’ धावक बैकुण्ठ मानान्धरलाई हस्तान्तरण गर्दै लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई । २५६९औँ बुद्धजयन्तीको अवसरमा सोमबार सर्लाहीको बागमती नगरपालिका-११ स्थित बुद्ध शान्ति तपोवनमा मोलम पाठ, पूजा, आराधना गर्दै बौद्ध धर्मगुरुहरू । बुद्धजयन्तीको दिन सोमबार मध्यपुर थिमि-४ मरुटोलस्थित पद्मपाणी लोकेश्वर परिसरमा बुद्ब जीवनीमा आधारित चित्रकला प्रदर्शनीको अवलोकन गर्दै स्थानीय । बुद्ध जयन्तीको दिन आज विश्व सम्पदामा सूचीकृत पर्यटकीय तथा धार्मिकस्थल बौद्ध स्तुपाको दृश्य। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्तीको अवसरमा आज विश्व सम्पदामा सूचीकृत पर्यटकीय तथा धार्मिकस्थल बौद्ध स्तुपामा चहलपहल । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्तीको अवसरमा आज विश्व सम्पदामा सूचीकृत पर्यटकीय तथा धार्मिकस्थल बौद्ध स्तुपामा चहलपहल । विश्वसम्पदामा सूचीकृत पर्यटकीयस्थल स्वयम्भू महाचैत्य । २५६९औँ बुद्ध जयन्तीको दिन सोमबार यस मन्दिर दर्शन गर्न स्वदेश तथा विदेशी बौद्धधर्मावलम्बीको बिहानदेखि ठूलो घुइँचो लागेको छ । विश्वसम्पदामा सूचीकृत पर्यटकीयस्थल स्वयम्भू महाचैत्य । २५६९औँ बुद्ध जयन्तीको दिन सोमबार यस मन्दिर दर्शन गर्न स्वदेश तथा विदेशी बौद्धधर्मावलम्बीको बिहानदेखि ठूलो घुइँचो लागेको छ ।
FACEBOOK COMMENTS