पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदान अन्तर्गत आज मतगणना सुरु भएको छ ।
आज ढिलोमा ४ बजेसम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने गरी द्रुत गतिमा मतगणना सुरु गरिएको निर्वाचन संयोजक दामु अधिकारीले जानकारी दिए ।
यस पटक संघको नेतृत्वका लागि व्यवसायीहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । संघको अध्यक्ष पदका लागि चार जना प्रमूख दाबेदारहरू मैदानमा छन् ।
अध्यक्षमा अर्जुन पोख्रेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा रहेको छन् ।