काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र वास्तोलाको जीत पक्का भएको छ ।
२००० मत गणनामा उनले १३०१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी टिकाराम सुवेदीले भने ६७६ मत मात्रै पाए ।
बास्तोला हाल पोखरा उद्योग वाणिज्य संघमा उद्योगतर्फका उपाध्यक्ष थिए ।
यसअघि उनले संघको कोषाध्यक्ष तथा कार्यसमिति सदस्यका रूपमा समेत काम गरिसकेको थिए । उनी मुद्रण उद्योग संघ कास्कीका अध्यक्षसमेत हुन्।