पोखरा । पोखरा महानगरपालिकाले असोज १ गतेदेखि आफ्नो सेवा सुचारु गर्ने भएको छ ।
जेनजी आन्दोलनका क्रममा महानगरको कार्यालय र विभिन्न वडा कार्यालयमा आजगनी भएपछि असोज १ गतेदेखि सेवा सुचारु हुने जनाएको छ ।
महानगरले यसअघि असहज परिस्थितमा अनिश्चितकालका लागि स्वास्थ्य, दमकल फोहोरमैला, विपदबाहेकका सेवा बन्द गरेको थियो ।
त्यस्तै महानगर क्षेत्र भित्रका विद्यालयहरुपनि असोज १ गते देखि नै नियमित संचालान हुने जानकारी दिएको छ ।
FACEBOOK COMMENTS