काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने बहानामा ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको हाँडीगाउँ बस्ने वर्ष ४३ को ग्रिस विलास जोशी रहेका छन् ।
ग्रिसले सुस्मिता थापालाई वैदेशिक रोजगारीको लागि पोल्यान्ड पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्छ, पोल्यान्ड पुगेपछि प्रतिष्ठित होटलमा वेटर काम लगाइदिन्छु, मासिक दुई लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए ।
पीडितबाट पटक पटक गरी ६ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार जमलबाट पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ ।
