काठमाडौं । काठमाडौं महानगरपालिका– १५ अजिमा हलनजिक बसोबास गर्दै आएकी २० वर्षीया मनिषा ठाकुरको डेरामा प्रहरीले छापा मारेको छ ।
लागुऔषध कारोबारमा संलग्न भएको र डेराबाटै कारोबारसमेत भइरहेको सूचनाको आधारमा प्रहरीले ती अपत्यारिली महिलाको डेरामा छापा मारेको थियो ।
छापा मार्ने क्रममा उनको डेरामा नगद दुई लाख २५ हजार ८०० रुपैयाँ नगदसहित लागुऔषधहरू ट्रमाडोल, फेनारागन, डाइजापाम र नर्फिन बरामद फेला गरेको छ । उक्त नगद र सामानहरूसहित उनलाई प्रहरीले पक्राउ गरेको छ ।
FACEBOOK COMMENTS