काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी भएका छन् ।
आज भएको निर्वाचनमा डा. पौड्याले निकटतम प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई पराजित गर्दै विजयी भएका हुन् ।
डा. पौडेलले १८२७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी शर्माले १५५२ मत प्राप्त गरेका छन् । डा. पौड्यालले शर्मालाई २७५ मतले पराजित गरेका छन् ।

