काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ । शनिबार (कात्तिक २१) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डूले सुरुआती ६ ओभरमा बिनाकुनै विकेट गुमाएर ४५ रन बनाएको छ ।
हाल क्रिजमा रहेका ओपनरद्धय डेभिड वार्नरले ३२ र साहिल पटेलले ११ रन बनाएका छन् ।
खेलमा काठमाण्डू जित निकाल्दै प्लेअफ छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ । हाल चार अंकका साथ तालिकाको चौथो स्थानमा रहेको काठमाण्डूले तीन खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ ।
लुम्बिनी पनि जित निकाल्दै प्लेअफ छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ । हाल सात अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनीले चार खेल खेल्दा तीन जित निकालेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।