काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । सोमबार प्रचण्डले शीतलनिपवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
देशमा राजसंस्था पुनर्स्थापना पक्षधरहरूको बढ्दो सक्रियताले राजनीतिक वृत्त तरङ्गित भइरहेका बेला प्रचण्डले राष्ट्रपति पौडेलसँग गरेको भेटलाई चासोका साथ हेरिएको छ ।
सङ्क्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउनेलयागत विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच आज हुने छलफलअघि प्रचण्डले राष्ट्रपतिलाई भेटेका हुन् ।
भेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
FACEBOOK COMMENTS