काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ९ दशमलव ३९ विन्दुले बढेको छ ।
यससँगै सूचक २६७५ दशमलव २० अंकमा आएको छ । यस अवधिमा १ लाख ६३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ५५ कम्पनीको ३५ हजार ७ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ३३ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ८० वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS