काठमाडाैँ- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ९.१९ अंक घटेर २ हजार ६१७. ९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.९५ अंक बढेर २ हजार ६२०.९० विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा ४५ स्टकको ८५ पटकको कारोबारमा २३ लाख ९३ हजार २ सय २५ रुपैयाँ बराबरको ३ हजार ५०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
FACEBOOK COMMENTS