काठमाडाैँ । साताको पहिलो कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १२ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.४७ अंक बढेर २ हजार ७४५.३६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १२.०१ अंक घटेर २ हजार ७३३.३५ विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.३१ अंक घटेको हो ।
आइतबार प्रि ओपन सेसनमा ८८ स्टकको १९० पटकको कारोबारमा ६३ लाख ७० हजार ३८७ रुपैयाँ ६० पैसाबराबरको १७ हजार ३६७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ५९ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
FACEBOOK COMMENTS