काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नायब महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुने गरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् ।
कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका छन् । सिटिजन्स बैंक लिमिटेडको स्थापनाकालदेखि नै कार्यरत खत्री यसअघि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । खत्री एक महिनाअघि मात्रै सिटिजन्स बैंकबाट बाहिरिएका थिए ।
खत्री बैंकिङ क्षेत्रमा कर्जा विज्ञको रूपमा चिरपरिचित छन् । खत्रीले देशको ठूलाठूला भौतिक निर्माण आयोजनाहरूमा बैकिङ कर्जा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् ।
FACEBOOK COMMENTS