काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार तीन दर्जन उद्योगीहरूसँग छलफल गर्ने भएका छन् ।
आज अर्थ मन्त्रालयमा नेपालका प्रमुख उद्योगपतिहरूसँग बजेट कार्यान्वयन तथा उत्पादनमूलक उद्योग प्रवर्द्धनसम्बन्धी विशेष छलफल आयोजना गरिएको हो ।
अर्थ मन्त्रालयका अनुसार नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी राष्ट्रिय अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका झन्डै तीन दर्जन उद्योगपतिहरूलाई छलफलमा बोलाइएको छ ।
उद्योगीसँगको छलफलमा अर्थमन्त्री वाग्ले, अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका अधिकारीहरूको पनि सहभागी हुने भएका छन् ।