काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधामन्त्री बालेन शाहले बिहान साढे १० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । आजै सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ ।