काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को तर्फबाट दुईवटा विधेयक प्रस्तुत भएको छ । उनको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले विधेयक संसदमा प्रस्तुत गरेकी हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा प्रस्तुत भएको हो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गौतमले सो विधेयक पेस गरिन् ।
त्यस्तै, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि प्रस्तुत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।