काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिमा ढिलाइ भएको स्वीकार गर्दै चाँडै नियुक्ति हुने बताएका छन् ।
उनले गभर्नर नियुक्तिमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच हिजो नै सहमति भइसकेको बताए ।
आज बुधबार हिजो मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर नियुक्तिको विषयमा दलहरूको चासो हुनु स्वाभाविक भएको बताए । साथै, उनले गभर्नर नियुक्तिमा कुनै पनि किसिमको आर्थिक चलखेल नभएको समेत दाबी गरे ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS