काठमाडौं । आफूलाई थुनामुक्त गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दिएको निवेदन न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेश बदरको माग गर्दै शुक्रबार लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्चमा निवेदन दर्ता गराएकी थिइन् ।
लामिछाने अहिले जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् ।
यसअघि बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनको मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा छा्डन आदेश दिएको थियो । तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
FACEBOOK COMMENTS