काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह बुढानीलकण्ठ पुगेका छन् ।
साह लामिछानेलाई भेट्न आज मंगलबार लामिछानेको निजी निवास बुढानीलकण्ठ पुगेका हुन् ।
भेटघाटमा रास्वपाले पाएको जनमत र भावी दिनमा चाल्नुपर्ने कदमहरूका विषयमा छलफल भएको बताइएको छ ।
अध्यक्ष साहले अभूतपूर्व जनमत प्राप्त गरेको रास्वपा र सभापति लमछिानेलाई औपचारिक रूपमा बधाई ज्ञापन गर्दै रास्वपाले पाएको जनमत देश र मधेशले खोजेको परिवर्तन भएको स्मरण गराए । उनले विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्न सभापति लामिछानेलाई सुझाव दिएका छन् ।
छलफलका क्रममा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

रवि लामिछाने भेट्न पुगे महन्थ ठाकुर, के भयो कुराकानी ?
FACEBOOK COMMENTS