काठमाडौं । राजसंस्था पक्षधरहरूले गत बिहीबारदेखि सुरू गरेको काठमाडौंकेन्द्रित आन्दोलनको चौथो दिन आज आइतबार नक्सालस्थित नारायचौरमा प्रदर्शन गरेका छन् ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलित राजसंस्था पक्षधरहरूले पलेँटी कसेर भुइँमा बसेर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले राजसंस्था र हिन्दुराष्ट्रय पुनर्स्थापनाका साथै आजै पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइ, सङ्घीयता खारेजी, भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।
प्रदर्शनकारीहरूले ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘हिन्दुराज्य कायम गर’, ‘सङ्घीयता खारेज गर’, ‘हाम्रा नेता रिहा गर,’ ‘नालायक गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका छन् ।
FACEBOOK COMMENTS