काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले आन्दोलनमा सहभागी हुन उपत्यका बाहिरबाट आइरहेका आफ्ना नेता तथा कार्यकर्ताहरूको आवागमनमा सरकारले अवरोध गरेको बताएका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि आजदेखि हुने आन्दोलनमा सहभागी हुन नौबीसे हुँदै काठमाडौं आइरहेका नेता तथा कार्यकर्तालाई अवरोध गरेको आरोप उनले लगाएका हुन् ।
काठमाडौं आइरहेका नेता तथा कार्यकर्ताहरूलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न भइरहेको सूचना प्राप्त भएको भन्दै त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
राजसंस्था पक्षधरहरूको आजदेखि सुरू हुने आन्दोलन काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित दिउँसो २ बजे रत्नपार्क पुग्दै छ । प्रवक्ता कुमार श्रेष्ठका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको र्याली १ः१५ बजे मैतिदेवी चोकबाट रत्नपार्कतर्फ अघि बढिसकेको छ ।
उनका अनुसार सहरका विभिन्न सात ठाउँबाट ठूला र्याली निस्कनेछन् भने अन्य दर्जनौँ र्यालीहरू पनि रत्नपार्क पुग्ने छन् ।
FACEBOOK COMMENTS