काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा भएको प्रदर्शनमा विध्वंश मच्चाउनेहरूलाई पक्राउ गरेर कुनै पूर्वाग्रह नराखी अनुसन्धान भइरहेको बताएका छन् ।
साथै, उनले संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याएर नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अधिकारको निर्बाध उपयोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको पनि बताए ।
आज बिहीबारको प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित रहेर उठेका सवालको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
संविधान र वर्तमान व्यवस्थाका विरुद्ध हुने कुनै पनि प्रकारका गतिविधि सह्य नहुने चेतावनीसमेत उनले दिए ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS