काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी गतिविधि सह्य नहुने चेतावनी दिएका छन् ।
आज बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री लेखकले व्यवस्था संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध गतिविधि गर्नेहरूलाई कारबाहीको चेतावनी दिएका हुन् ।
राजसंस्था पक्षधरहरूले भोलि बिहीबार गणतन्त्र दिवसका दिन गर्न लागेको प्रदशर्नको अघिल्लो गृहमन्त्रीको यस्तो चेतावनी आएको हो ।
‘व्यवस्था र संविधान उल्टाउने कुरा कुनै हालतमा कुनै पनि रूपले सह्य हुँदैन,’ उनले भने, ‘गणतन्त्रको व्यवस्था उल्टाउने, लोकतन्त्र उल्टाउने, सङ्घीयता उल्टाउने, समावेशी चरित्रको राज्य निर्माण गर्ने प्रबन्ध उल्टाउने कुरा सह्य हुँदैन । त्यसकारण यो संविधान र व्यवस्थालाई उल्टाउने कुरा बेठीक कुरा हो ।’
FACEBOOK COMMENTS