उपनिर्वाचनः गोरखा ५ मा कांग्रेसलाई हराउँदै माओवादी केन्द्रका रानामगर विजयी
गोरखा । गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका विष्णुबहादुर रानामगर विजयी भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भए ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गरेको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गरे ।
कूल दुई हजार दुई सय २५ मतदाता रहेको उक्त वडामा एक हजार तीन सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको मुख्य निर्वाचित अधिकृत रानभाट जानकारीले दिए ।
उपनिर्वाचनमा विभिन्न नौ राजनीतिक दलका नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुभएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।
FACEBOOK COMMENTS